अध्यादेश संसद्बाट पारित हुन्छ : प्रधानमन्त्री ओली

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताएका छन्।
यहाँको घोराहीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा साेमबार आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पारे।
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उहाँले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिए। “अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माण भइरहेका छन्”, उनले भने, “हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन।”
प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताए। उनले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब अगाडि बढ्ने बताए।
सोही कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताए। मुलुकको निराशालाई चिर्न एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको बताए।
लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले विकासका लागि जनताको साथ चाहिने बताए। यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम छ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया