क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा८० जना सवार विमान पल्टियो(फाेटाेफिचर)

टोरन्टो । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन् ।

विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको बिबिसीले जनाएको छ ।डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो । सो घटनाको कारण अझै पत्ता लागेको छैन । विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको समाचारमा उल्लेख छ ।विमान अमेरिकाबाट क्यानडा गएको हो । प्रहरीले धरै जसो यात्रु सकुशल भएको बताएको छ । विमान दुर्घटनापछि धेरै उडान रद्द हुँदा यात्रु अलपत्र परेका छन् ।















कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
प्रतिक्रिया