मंगलबार, वैशाख १५, २०८३

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा८० जना सवार विमान पल्टियो(फाेटाेफिचर)

मेरोन्यूज २०८१ फागुन ६ गते ७:५१

टोरन्टो । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन् ।

Advertisement
NiccNicc

विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको बिबिसीले जनाएको छ ।डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो । सो घटनाको कारण अझै पत्ता लागेको छैन । विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको समाचारमा उल्लेख छ ।विमान अमेरिकाबाट क्यानडा गएको हो । प्रहरीले धरै जसो यात्रु सकुशल भएको बताएको छ । विमान दुर्घटनापछि धेरै उडान रद्द हुँदा यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया