सिरहामा सामुहिक बलात्कार घटना प्रकरण एसएसपीको नेतृत्वमा छानबिन सुरू

सिरहा । सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदामाथि भएको सामूहिक बलात्कार र शंकास्पद मृत्युसम्बन्धी घटनामा छानबिन समिति गठन भएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै एसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । उक्त समितिले आजै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीया रिंकुकुमारी सदा गत माघ ३० मा आफनै घरमा मृत फेला परेकी थिइन् । सदा घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनका आफन्त र परिवारले सामुहिक बलात्कार भए पछि किशोरीले आत्महत्या गरेको दाबी गरेका छन् । आफन्तहरूले बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
शंकास्पद मृत्यु जस्तो गम्भीर घटना दबाउन जनप्रतिनिधि र प्रहरी नै लागेको समेत स्थानियको आरोप रहेको छ । रिंकुलाई २७ माघमा शौच गर्न गएका बेला अपहरण गरी ३ युवकले सामूहिक बलात्कार गरेको जघन्य अपराधलाई आर्थिक लेनदेनमा मिलाउन वडा सदस्य नथुनी साहको रोहवरमा गाउँमा पञ्चायत बसेको तथ्य बाहिरिएको छ ।
त्यस्तै, त्यही बिचमा किशोरीको शंकास्पद मृत्यु भएपछि पीडित परिवार न्यायिक प्रक्रियामा जाँदा प्रहरीले २ पटकसम्म जाहेरी फेर्न दबाब दिएर मुद्दा कमजोर बनाएको पीडित पक्षको आरोप छ।
पीडित किशोरीले स्थानीय तीन युवक रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरेर बलात्कार गरेको सम्बन्धमा २८ माघमा आमा सीता देवीलाई सुनाएपछि घटना बाहिरिएको थियो । श्रीमान् रोजगारीका लागि भारतमा रहेकाले सीता देवीले जेठाजु रामसेवक सदायलाई भनेकी थिइन् । राम सेवकले न्यायका लागि गाउँमा हारगुहार गरेकासमेत थिए ।
र त वडासदस्य नथुनी साहले पनि घटनाबारे थाहा पाएका थिए । तर, अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन भूमिका खेल्नुपर्ने जनप्रतिनिधि साहकै रोहवरमा २९ माघमा पञ्चायत बसेर आर्थिक लेनदेनमा घटना सामसुम पार्ने प्रयास भएको खुलेको छ । वडासदस्य नथुनीसहित ३०–३५ जनाको उपस्थितिमा बसेको पञ्चायतमा पीडित पक्षबाट किशोरी रिंकु, आमा सीतादेवी र ठुलाबुवा रामसेवक सहभागी रहेका थिए ।
किशोरीका काकाले फागुन १ मा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान गर्न जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले जनाएका छन् । उनले भने, ‘बलात्कार भएको विषयमा पनि अनुसन्धान हुन्छ, बलात्कार एकिन गर्न चिकित्सकको रिपोर्ट पर्खिरहेका छौँ ।’
आत्महत्या दुरुत्साहन गरेको कसुरमा चिंकु भन्ने रुपेश मण्डललाई प्रतिवादी बनाएर मृतकका काकाले जाहेरी दिएका हुन भने आरोपित तिनैजना फरार रहेको स्थानियहरुको भनाइ छ।















इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया