केआईआईटीमा फर्कने विद्यार्थीलाई सहज बनाउन नियन्त्रण कक्ष सञ्चालन

काठमाडौँ। काठमाडौँस्थित भारतीय राजदूतावासले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का विद्यार्थीलाई कलेजमा फर्कन नियन्त्रण कक्ष सञ्चालन गरिएको जानकारी गराएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपिल गरेको छ ।
‘केआईआईटीलले ‘अनिश्चित कालीन’ आदेश फिर्ता लिएको छ र नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपिल गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यसले नेपाली विद्यार्थीहरूको स्वदेश फर्कन सहज बनाउन क्याम्पसमा २४र७ समर्पित नियन्त्रण कक्ष पनि स्थापना गरेको छ ।’
ओडिसास्थित प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको पनि दूतावासले जनाएको छ ।
घटनाको छानबिनका लागि गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन भएको र समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही हुने दूतावासले बताएको छ ।
सरकारले नेपाली विद्यार्थीहरू सहित सबै विद्यार्थीहरूको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ ।
भारत सरकारले भारतमा रहेका नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने दूतावासले बताएको छ ।









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया