प्रदेशको समृद्धि मूल लक्ष्य : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिलाई आफूले मूल लक्ष्य बनाएर तदनुरूप काम गरिरहेको बताएका छन्।
पचहत्तरौँं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकार मूल समारोह समितिले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको समग्र विकास नै प्रदेश सरकारको लक्ष्य भएको बताए।उनले भने,–’प्रदेशवासीका आवश्यकता चाहनालाई केन्द्र विन्दुमा राखेर प्रदेशको दिगो आर्थिक, सामाजिक तथा पूर्वाधार विकासतर्फ लक्ष्यित भई चालु आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट तय भएको छ । सङ्घबाट अधिकार प्रत्यायोजन नहुँदा प्रदेश सरकारले जनताका आवश्यकता सम्बोधन गर्न केही कठिनाइ भएको छ । ‘
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले समृद्धिका लागि तीनै तहका सरकारले जनता केन्द्रित भएर काम गर्नु आजको आवश्यकता भएको बताए। उनले भन, ‘संविधानको कार्यान्वयन, जनताका विकास निर्माणका चाहना पूरा गर्न समाजका हरेक वर्ग एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ ।’















सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै
भोजपुरमा आजदेखि सुरु भयो ‘वन डढेलो व्यवस्थापन सप्ताह’
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया