बुधबार, वैशाख २३, २०८३

झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद

मेरोन्यूज २०८१ फागुन ७ गते १७:०२

पर्सा । पर्सा प्रहरीले ११ किलो ९५० ग्राम चरेस बरामद गरेको छ।  

Advertisement
NiccNicc

जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट प्रहरीले मंगलबार राति चरेस बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले झाडीमा लुकाएर राखेको २४ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

नेपालबाट भारततर्फ तस्करी गरी लैजाने उद्देश्यले चरेस झाडीमा लुकाएर राखेको हुनसक्ने आशंका प्रहरीको छ। उक्त चरेस कसले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको लम्सालले बताए।

चरेस गाँजाबाट प्रशोधन गरी बनाइन्छ। चरेसको अन्तर्राष्ट्रिय माग र मूल्य उच्च छ। नेपालको धादिङ, मकवानपुर, धनकुटालगायत जिल्ला गाँजा खेतीले चिनिन्छन्।

प्रतिक्रिया