प्रकृति लम्सालको अन्तिम संस्कार,हजुरबुवाले दिए दागबत्ती
मेरोन्यूज
२०८१ फागुन ८ गते ८:५०

भैरहवा (रुपन्देही)। भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । उहाँको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याइएको थियो ।
शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उहाँलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिनुभएको थियो ।
उहाँको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो । विसं २०६१ असार ४ गते भैरहवामा जन्मिनुभएकी लम्सालको गत आइतबार निधन भएको हो । उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया