प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई-मास ७’ नेपाली बजारमा, यस्ता छन् फिचर्स

काठमाडौं। मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ नेपाली बजारमा भित्रिएको छ। प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाली अटो बजारमा यो गाडी भित्र्याएको हो।
कम्पनीले केही समयपछि मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ।
याे विद्युतीय गाडी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा गाडी उपलब्ध गराइने छ। प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीकाे भनाइ छ।
त्यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसको रेन्ज ४१० किलोमिटरसम्म पुग्ने कम्पनीको दाबी छ।
गाडीमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार गाडीमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन्। साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने छ।
यस विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ।










एमाले उपाध्यक्षमा को-को निर्वाचित भए?
एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
प्रतिक्रिया