आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता कोइराला

सुर्खेत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, “अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।”
नेता डा कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रूपमा अघि बढेको बताए । उनले भने, “सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।”
अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठुला दल मिले निरङ्कुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनी बताउँछन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया