चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८१ फागुन ९ गते १२:५२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु
भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
झापा दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे ।
डाईमण्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सम्बन्धित










दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया