हुम्लामा हरेक दुई महिनामा नि:शुल्क स्वास्थ्य शिविर

चङ्खेली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
‘अध्यक्ष(उपाध्यक्ष भेटौँला, चङ्खेलीवासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको स्वास्थ्य शाखा प्रमुख शुरवीर शाहीले बताए ।
आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममार्फत हरेक दुई महिनामा जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वयमा विशेषज्ञ चिकित्सक ल्याइ हरेक गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति पारित भएसँगै हरेक दुई महिनामा नियमित रूपमा शिविर सञ्चालन हुँदै आएको छ ।
गाउँपालिकाको निःशर्त बजेटमार्फत रु छ लाख विनियोजन गरी एक वर्षमा छ वटा शिविर सञ्चालन गर्ने कार्यपालिकाको निर्णयसँगै गाउँसभाले पारित गरेपश्चात् अहिलेसम्म दुई हजार जनाभन्दा बढीले यो सेवा लिएको र ३५ बिरामीलाई काठमाडौँको केएमसी अस्पतालमा ल्याइ उपचार गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक शाहीले बताए ।
उक्त शिविरमार्फत चिकित्सकको सिफारिसमा उनीहरूलाई गाउँपालिकाले ल्याउने र लैजाने भाडा उपलब्ध गराई काठमाडौँमा निःशुल्क उपचार गराएको हो । हरेक दुई महिनामा हुने उक्त निःशुल्क शिविरका लागि प्रतिशिविर रु ५० हजारका दरले खर्च हुन्छ ।
स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई जिल्लाबाट ल्याउने र लैजाने भाडा तथा उनीहरूलाई खाना तथा बस्नका लागि गाउँपालिकाले व्यवस्था गर्ने र निःशुल्क औषधि वितरण गरी गाउँपालिकाका नागरिक कोही पनि औषधि नपाएर मर्नु नपरोस् भनी यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया