सिटौला समूहको भेला : संस्थापन पक्षका गतिविधि अघि बढाउने

काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै वैचारिक समूह चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूको भेला बोलाएका छन् ।
१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएका नेता सिटौलाले शनिबार काठमाडौंको चण्डोलस्थित निवासमा आफूनिकट नेताहरूको भेला बोलाएका हुन् ।
भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान सहभागी थिए ।
यस्तै पार्टीका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन पनि उक्त भेलामा उपस्थित थिए ।
भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । नेता सिटौला सभापति देउवालाई सघाउँदै आएका ११ जना नेताहरूका साथ फागुन २ गते बूढानीलकण्ठ पुगेका थिए ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया