साई इन्टरप्राइजेजद्वारा मल्टी ब्राण्ड शोरुम विस्तार

काठमाडौं । काठमाडौंको सतुंगलस्थित श्री साई इन्टरप्राइजेजले मल्टी ब्राण्ड स्यानिटरी शोरुमका रूपमा थप विस्तार गरेको छ । यसअघि ज्यागुअर, हिन्दवेयर र अन्य ब्राण्डको कारोबार गर्दै आएको कम्पनीले अब कजारिया र अन्य ब्राण्डसमेत कारोबार गर्ने भएको छ ।
शनिबार आयोजित एक कार्यक्रमबीच चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र विभिन्न वडाका वडाध्यक्षलगायतले उक्त मल्टी ब्राण्ड शोरुम उद्घाटन गरेका हुन् ।
मेयर गिरीले चन्द्रागिरि नगर क्षेत्रलाई उत्कृष्ट बनाउने नगरपालिकाको चाहना भएको र कुनै पनि घरको फिनिसिङका लागि गुणस्तरीय स्यानिटरी र अन्य सामग्री उपलब्ध गराउने कार्यमा शोरुमको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर जगदिश पन्थीले चन्द्रागिरि नगरपालिकाभित्रकै सबैभन्दा ठूलो मल्टी ब्राण्ड शोरुम शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गर्दै कुनै पनि घरपरिवारका लागि आवश्यक सामग्रीको वान स्टप सोलुसनका रूपमा शोरुम विकास गरिएको बताए ।
स्यानिटरी, टाइल तथा ग्रेनाइट एवं पेन्टलगायतका सामग्रीका लागि मल्टी ब्राण्ड शोरुमका रूपमा विकास गरिएको उनको भनाइ थियो । शोरुममा ज्यागुअर, हिन्दवेयर र कजारिया, एसियन पेन्ट्सका उत्पादनका साथै जियो ब्राण्डका सामग्रीसमेत पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले उद्घाटनका अवसरमा अफरसमेत सार्वजनिक गरेको छ ।















कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया