बराबरीमा रोकिए नेपाल र म्यान्मार
मेरोन्यूज
२०८१ फागुन ११ गते २०:०५

काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यान्मार २-२ गोलको बराबरीमा रोकिएका छन् ।
पहिलो हाफमा दुवै देशले २-२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन । म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।
नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।
यो बराबरीपछि म्यान्मारको ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ । त्यस्तै नेपालको पनि ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ ।
अब फाइनल खेल बुधबार हुने छ ।
त्यस्तै लेबनानले एक खेल जितेर तेस्रो हुदै बाहिरिएको छ भने किर्गिस्तानले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
सम्बन्धित


















कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया