बराबरीमा रोकिए नेपाल र म्यान्मार
मेरोन्यूज
२०८१ फागुन ११ गते २०:०५

काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यान्मार २-२ गोलको बराबरीमा रोकिएका छन् ।
पहिलो हाफमा दुवै देशले २-२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन । म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।
नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।
यो बराबरीपछि म्यान्मारको ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ । त्यस्तै नेपालको पनि ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ ।
अब फाइनल खेल बुधबार हुने छ ।
त्यस्तै लेबनानले एक खेल जितेर तेस्रो हुदै बाहिरिएको छ भने किर्गिस्तानले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया