मंगलबार, वैशाख ८, २०८३

एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

मेरोन्यूज २०८१ फागुन ११ गते २०:३५

काठमाडौँ । भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।

कोहलीले २८७ औं इनिङमा १४ हजार एकदिवसीय रनको कोशेढुङ्गा पूरा गरेका हुन् ।

कोहलीले कम इनिंगमा १४ हजार रन बनाउने किर्तिमान बनाएका छन् । यस अघि भारतकै सचिन तेन्दुलकरले ३५० इनिंगमा र श्रीलंकाका कुमारा संगाकाराले ३८७ इनिंगमा १४ हजार रन पुरा गरेका थिए । साथै कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि सचिन र  कुमारा संगाकाराले १४ हजार रन बनाएका थिए ।

जुन २०१७ मा १७५ इनिङमा ८००० एकदिवसीय रन पूरा गरेदेखि उनी यस्ता प्रत्येक १००० रनको कोशेढुङ्गा सबैभन्दा छिटो पूरा गर्ने खेलाडी बनेका छन्।

समग्रमा, उनी एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा छन्, दोस्रो स्थानमा संगाकारा (१४,२३४) छन् भने शिर्ष स्थानमा सचिन तेन्दुलकर १८,४२६ का साथ सूचीको शीर्ष स्थानमा छन् ।

कोहलीले एकदिवसीय खेलमा सबैभन्दा धेरै शतक (५०) को रेकर्ड पनि बनाएका छन्, जुन तेन्दुलकरले २०२३ को एकदिवसीय विश्वकपमा तोडेका थिए ।

यसअघि, कोहलीले एकदिवसीय खेलमा भारतको लागि फिल्डरको रूपमा सबैभन्दा धेरै क्याचको रेकर्ड तोडेका थिए, जुन १५८ पुगेको थियो ।

प्रतिक्रिया