ब्यारेकमै मृत भेटिइन् सशस्त्रकी इन्स्पेक्टर, छानबिन गर्न समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हाे ।
शनिबार राती सन्तोषी ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
उनी २०७२ सालमा सिपाहीबाट सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन्। त्यसपछि २०७८ सालमा असईमा नाम निकालेकी थिइन्।
सन्तोषीले २०८१ मा १७औं ब्याचमा इन्स्पेक्टरमा नाम निकालेकी थिइन्।
सशस्त्र प्रहरीकै एक सिनियर इन्स्पेक्टरसँगको सम्बन्धका कारण घटना भएको हुनसक्ने परिवारको आशंका छ। परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका छन् ।
सन्तोषीको शव अहिले परिक्षणका लागि काठमाडौं ल्याइएको छ । उनकाे बाबु आमा हाल अष्ट्रेलिया रहेककाले उनीहरु नेपाल आएपछि उनकाे अन्त्येष्टि गरिने बताइएकाे छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया