माओवादी सांसद पौडेलको प्रश्न : उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउने हल्ला चलाइएको भन्दै कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका हुन् ।
उनले भने,‘अहिले कुलमानलाई विहानै हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनिँदैछ । उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ? बरु सम्मान गर्नुपर्छ ।’
सांसद पौडेलले विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्ने आवाज उठाए । तर, महशुस तिर्नेहरुको नै लाईन काटिएको भन्दै उनले आपत्ति जनाए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया