थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन
मेरोन्यूज
२०८१ फागुन १२ गते २१:०६

काठमाडौँ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थानिन क्राइभिचियनको ९७ वर्षको उमेरमा निधन भएको छ ।
उनको परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै उनको निधनको जानकारी दिएको हो ।
सन् १९७६ मा राजा भूमिबोल अदुल्यादेजले थानिनलाई थाइल्याण्डको १४औं प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री पद त्यागेपछि, थानिनलाई राजाको सल्लाहकार परिषद्मा नियुक्त गरिएको थियो, जहाँ उनले लगभग चालीस वर्ष सेवा गरेका थिए ।
१९७० को दशकमा क्रिभिचियान कट्टर कम्युनिस्ट विरोधी नेताको रूपमा चिनिएका थिए । सन् १९७६ मा भएको सैन्य विद्रोहपछि उनले देशको प्रधानमन्त्रीको पद ग्रहण गरे । यद्यपि, एक वर्ष पछि दोस्रो पटक भएको कूमा उनलाई पदच्युत गरिएको थियो ।
प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राले सामाजिक सञ्जाल पोस्ट मार्फत थानिनको मृत्युमा समवेदना व्यक्त गरेकी छन् ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया