बलिउड अभिनेता गोबिन्दाकि श्रीमतीकाे डिभोर्सको नोटिस

मुम्बइ । बलिउडका कमेडी र एक्सप्रेशन किंग गोविन्दा आजकाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् ।
गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको बताइएको छ जबकी गोविन्दा र सुनिता पछिल्लो ३७ वर्षदेखि सँगसँगै छन्, त्यसैले उनीहरुको सम्बन्ध विच्छेदको खबरले सबैलाई हल्लाएको छ ।
यस विषयमा गोविन्दाले आफू अहिले ब्यापारिक कुराकानीमा व्यस्त रहेको बताएका छन् । किनभने, उनी फेरि फिल्ममा काम गर्ने तयारीमा रहेका छन् । उनले समाचारबारे केही भनेका छैनन् । तर, अहिले उनको नजिकका एक व्यक्तिले भने यो सम्पूर्ण मामिलामा सत्यता खोलेका छन ।
गोविन्दा र सुनिता दुवैले प्रेम विवाह गरेका थिए । यस विवाहबाट उनका २ सन्तान पनि छन् । गोविन्दा र सुनितालाई धेरै अवसरमा सँगै देखिएका छन् र दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । अब उनको सम्बन्धविच्छेदको खबरको बीचमा गोविन्दाका प्रबन्धकले खुलेर कुरा गरेका छन् र यस विषयमा महत्त्वपूर्ण कुराहरू राखेका छन्।
गोविन्दाका म्यानेजर शशि सिन्हाले स्पष्टीकरण दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुनिताको भनाइले जनतालाई बोल्ने मौका दिएको उनले बताए । सुनिताले पछिल्ला दिनमा धेरै बयान दिएकी छिन् । यी कथनहरू धेरै अनौठो थिए। यो सबै जनताको ध्यानाकर्षण गराउने माध्यम भएको शशिले बताए ।
भारतीय सञ्चारमाध्यमका अनुसार शशिले गोविन्दाले छुट्टिने सम्बन्धमा कुनै आधिकारिक कदम नचालेको बताए । तर, शशीले सुनिताले नोटिस पठाएको भने जानकारी दिएका छन ।
सुनिताले अदालतबाट कानूनी नोटिस पठाए पनि यो नोटिसमा के लेखिएको छ र के पठाइएको हो भन्ने पूर्ण जानकारी अहिलेसम्म नखुलेको शशिको भनाइ छ । ‘आधिकारिक सूचना अझैसम्म हामीसम्म पुगेको छैन, सुनिताले भर्खरै विभिन्न किसिमका बयान दिएकी छिन्, जसले गर्दा जनतामा यस्तो अड्कलबाजी भइरहेको छ’ शशिले भने । उनका अनुसार अहिले सम्पूर्ण मामिलाको अनुगमन भइरहेको छ ।
















महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया