बलिउड अभिनेता गोबिन्दाकि श्रीमतीकाे डिभोर्सको नोटिस

मुम्बइ । बलिउडका कमेडी र एक्सप्रेशन किंग गोविन्दा आजकाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् ।
गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको बताइएको छ जबकी गोविन्दा र सुनिता पछिल्लो ३७ वर्षदेखि सँगसँगै छन्, त्यसैले उनीहरुको सम्बन्ध विच्छेदको खबरले सबैलाई हल्लाएको छ ।
यस विषयमा गोविन्दाले आफू अहिले ब्यापारिक कुराकानीमा व्यस्त रहेको बताएका छन् । किनभने, उनी फेरि फिल्ममा काम गर्ने तयारीमा रहेका छन् । उनले समाचारबारे केही भनेका छैनन् । तर, अहिले उनको नजिकका एक व्यक्तिले भने यो सम्पूर्ण मामिलामा सत्यता खोलेका छन ।
गोविन्दा र सुनिता दुवैले प्रेम विवाह गरेका थिए । यस विवाहबाट उनका २ सन्तान पनि छन् । गोविन्दा र सुनितालाई धेरै अवसरमा सँगै देखिएका छन् र दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । अब उनको सम्बन्धविच्छेदको खबरको बीचमा गोविन्दाका प्रबन्धकले खुलेर कुरा गरेका छन् र यस विषयमा महत्त्वपूर्ण कुराहरू राखेका छन्।
गोविन्दाका म्यानेजर शशि सिन्हाले स्पष्टीकरण दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुनिताको भनाइले जनतालाई बोल्ने मौका दिएको उनले बताए । सुनिताले पछिल्ला दिनमा धेरै बयान दिएकी छिन् । यी कथनहरू धेरै अनौठो थिए। यो सबै जनताको ध्यानाकर्षण गराउने माध्यम भएको शशिले बताए ।
भारतीय सञ्चारमाध्यमका अनुसार शशिले गोविन्दाले छुट्टिने सम्बन्धमा कुनै आधिकारिक कदम नचालेको बताए । तर, शशीले सुनिताले नोटिस पठाएको भने जानकारी दिएका छन ।
सुनिताले अदालतबाट कानूनी नोटिस पठाए पनि यो नोटिसमा के लेखिएको छ र के पठाइएको हो भन्ने पूर्ण जानकारी अहिलेसम्म नखुलेको शशिको भनाइ छ । ‘आधिकारिक सूचना अझैसम्म हामीसम्म पुगेको छैन, सुनिताले भर्खरै विभिन्न किसिमका बयान दिएकी छिन्, जसले गर्दा जनतामा यस्तो अड्कलबाजी भइरहेको छ’ शशिले भने । उनका अनुसार अहिले सम्पूर्ण मामिलाको अनुगमन भइरहेको छ ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया