‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युएई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ ।
मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिका थापा आज चितवनको गड्यौली महोत्सव पुगेका छन् ।
यही बेला उनको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै।।।’ले पनि युट्युबमा उल्लेख्य दर्शक÷स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उनको माग बढेको हो । यो गीत छोटो समयमा धेरै ‘भ्यूज’ पाउने थापाको पहिलो गीत हो ।
गत साता एकैदिन हेटौँडा र नुवाकोटको महोत्सवमा पुगेका थापाले हेलिकप्टर प्रयोग गगेका थिए। “फागुन महिनामा ३२ भन्दा बढी ठाउँमा प्रस्तुति दिँदैछु, यो सब दर्शक÷स्रोताको माया र साथले सम्भव भएको हो”, उनले भने, “दुश्मन हेरैको हेरै।।।गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ ।” कतिपय ठाउँका कार्यक्रममा माए आए पनि व्यवस्ताका कारण समय दिन नभ्याएको थापाले सुनाए । युट्युबसँगै मेला–महोत्सवमा दर्शकले दिएको साथका कारण उनले आर्थिक रूपमा पनि राम्रो लाभ उठाइसकेका छन् ।
‘दुश्मन हेरेको हेरै।।।’मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया