गोविन्दा तथा श्रीमती र छोराछोरी बस्छन् अलग अलग घरमा

मुम्बइ । बलिउड अभिनेता गोविन्दाले आफ्नो जीवनमा धेरै उतारचढाव देखेका छन् । गोविन्दाका बुवा अरुण कुमार आहुजा पनि अभिनेता थिए । करिब ३० फिल्ममा नायकको रुपमा काम गरेपछि अरुण कुमार आहुजाले आफैं फिल्म निर्माण गर्न थाले तर उनले बनाएका सबै फिल्म फ्लप हुन पुगे ।
जसका कारण कुनै समय बान्द्राको कार्टर रोडमा रहेको आलिशान बंगलामा बस्ने आहुजा परिवारलाई मुम्बई बाहिर विरारको एउटा सानो घरमा सर्नु परेको थियो, जुन घरमा गोविन्दाको जन्म भएको थियो । आफ्नो बुबाजस्तै गोविन्दा पनि एक अभिनेता बने र आफ्नो कडा परिश्रमको आधारमा जुहु जस्तो भिभिआइपी क्षेत्रमा आफ्नै घर किनेका थिए। आज यस क्षेत्रमा गोविन्दाका दुईवटा घरहरू रहेका छन् ।
सम्बन्ध विच्छेदको खबर आउनु भन्दा केही महिना अघि गोविन्दाकी श्रीमती सुनिताले एक अन्तर्वार्तामा आफू र उनका छोराछोरी गोविन्दाको यी दुई घरमध्ये एउटामा बस्ने बताएकी थिइन् भने गोविन्दा आफैं अर्को घरमा बस्ने गरेको खुलाएकी थिइन् ।
गोविन्दाको फिल्म चल्न थाले पछि उनले जुहुको ‘जल दर्शन’ भवनमा आफ्नो पहिलो फ्ल्याट किनेका थिए । त्यसपछि गोविन्दाले यो फ्ल्याट वरपर दुईवटा फ्ल्याट पनि किनेका थिए । आज यो भवनको दुई तल्लामा बनेका तीनवटा ठूला फ्ल्याटलाई जोडेर गोविन्दले भवनभित्रै भव्य डुप्लेक्स घर बनाएका छन् ।
यो घर गोविन्दा र उनको परिवारका लागि विशेष छ किनभने यही घरमा उनको विवाह भएको थियो र उनका छोराछोरी पनि यही घरमा नै जन्मिएका थिए । तर, सुनिता आहुजाको अन्तर्वार्ताका अनुसार उनी आफ्ना छोराछोरी टीना आहुजा र यशवर्धन आहुजासँग यस विलासी फ्ल्याटमा बस्छन् र गोविन्दा उनको दोस्रो बंगलामा उनीबाट अलग बस्दै आएका छन्।
वास्तवमा, गोविन्दाको ‘गोल्डेन बिच सोसाइटी’ मा एउटा बंगला छ, जुन उनको ‘जल दर्शन’ फ्ल्याटबाट ६७ मिटर मात्र टाढा छ । उनकी श्रीमतीका अनुसार अहिले गोविन्दा यही बंगलामा अलग्गै बस्ने गर्दछन् । गोविन्दाको पनि यही बंगलामा अफिस छ र उनले आफ्नो अधिकांश काम यही अफिसमा बसेर पूरा गर्छन् । गोविन्दाका यी दुई घर एक अर्काको एकदमै नजिक छन् । आफ्नो बंगला छोडेर सिधै गए पछि पहिलो दाहिने मोड लिने बित्तिकै उनको दोस्रो घर देखिन्छ।
स्रोतबाट प्राप्त जानकारी अनुसार विवाहको ३७ वर्षपछि गोविन्दा र सुनिताले एकअर्काबाट अलग हुने निर्णय गरिसकेको जनाइएको छ । तर, उनीहरुका परिवारका सदस्यहरु दुवैले यस विषयमा छलफल गरी आपसमा मेलमिलाप गराउन चाहन्छन् । दुबैले अहिलेसम्म मुख भने खोलेका छैनन् ।










चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया