सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, अरु कुन दलकाे अवस्था कस्ताे ?

काठमाडौं । निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय व्यय विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी र नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ।
विवरण अनुसार एमालेले गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । पार्टीले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ ।
एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो । यस शीर्षकमा पार्टीले आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ ।
एमाले बाहेक अन्य पार्टीले भने घाटामा रहेकाे विवरण बुझाएका छन् ।
संसदको दोस्रो ठूलो पार्टी नेपाली कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेश गरेको छ। उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ। तर खर्च भने ४ करोड देखाएको छ।
कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो। चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ संकलन गरेको देखिन्छ।
यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ । यो आर्थिक वर्ष उसको आम्दानीभन्दा खर्च २ हजार ४४४ रुपैयाँ बढी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २०८०/८१ मा ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रुपियाँ छ । यो हिसाबले रास्वपा २ करोड ७० लाख ५७ हजार ५९१ रुपैयाँ घाटामा छ ।
एकीकृत समाजवादीले गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ छ ।
यो हिसाबले एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६३ रुपैयाँ घाटामा छ ।
यस्तै जनमत पार्टीले आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ मा १ करोड १८ लाख ८१ हजार ९४३ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च १ करोड १९ लाख ११ हजार ३३३ रुपैयाँ छ ।
यो हिसाबले जनमत पार्टी २९ हजार ३९० रुपैयाँ घाटामा छ ।














युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया