साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए
मेरोन्यूज
२०८१ फागुन १५ गते १९:१८

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका छन् ।
पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।
एन्फा केन्द्रीय सदस्य तथा महिला समितिकी अध्यक्ष सरिला श्रेष्ठ मलेकु र टोली प्रबन्धक बिन्द्रा देवानले दुवै खेलाडीलाई बिदाइ गरेकी छन् ।
त्यस्तै गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार आफ्नो क्लब फर्कनेछन् । एन्जिला भने ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेको नेपाल म्यान्मारसँग २-० ले पराजित हुदै उपविजेतामा चित्त बुझाएको थियो ।
सम्बन्धित















‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
लागुऔषधसहित एक्काइस जना पक्राउ
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
प्रतिक्रिया