नेपालमा पहिलो पटक क्यानोनिङ उत्सव आजदेखि हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुँदैछ ।
सिन्धुपाल्चोकको गातीस्थित बोर्डरल्याण्डमा आजदेखि (फागुन १६) देखि १८ सम्म तीन दिने क्यानोनिङ उत्सव हुँदैछ ।
बोर्डरल्याण्ड इको रिसोर्टले आयोजना गर्न लागेको यो उत्सव विशेषगरी शाहसिक खेलमा रुची राख्ने नेपालीहरूलाई लक्षित गरिएको छ । पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ तथा मह संकलनजस्ता रोमाञ्चक गतिविधिहरु समेटिएको क्यानोनिङ उत्सव साहसिक पर्यटकहरुको आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
नेपालमा क्यानोनिङका लागि विभिन्न स्थानहरु प्रसिद्ध छन् । जसमध्ये काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोकको पुरानो जम्बो, पोखरा र चितवनको जलबिरे प्रमुख हुन् । नेपाल नदी संरक्षण (एनआरसिटी) का अध्यक्ष तथा कर्णाली रिभर वाटरकिपरसमेत रहेका बोर्डरल्याण्ड इको रिसोर्टका सञ्चालक मेघ आले उत्सवका क्रममा सञ्चालन गरिने विभिन्न शाहसिक खेलहरुमा सहभागीहरुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । ‘क्यानोनिङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरुको सुरक्षामा विशेष ध्यान दिएका छौं । वसन्त ऋतुमा नेपालमै पहिलोपटक व्यापक कार्यक्रम सहित क्यानोनिङ उत्सव आयोजना गर्दै छौं,’ उनले भने ।
आलेका अनुसार नेपालमा क्यानोनिङ गर्न मिल्ने ९ वटा झरनाहरु सिन्धुपाल्चोकमा छन् । यी झरनालाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको आलेले को बताए । ‘यस उत्सवमा करिब डेढ सयदेखि २ सयको हाराहारीमा आन्तरिक पर्यटकहरुको सहभागिता रहने अपेक्षा लिएका छौं,’ उनले भने ।
शाहसिक खेल प्रेमीहरुका लागि पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ मात्र नभई क्यानोनिङ पनि आकर्षक गन्तव्य बन्दै गएको उनको अनुभव छ । यसमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । ‘साहसिक खेलप्रति बढ्दो आकर्षणले आगामी दिनमा यस क्षेत्रमा अझै व्यावसायिक हुने आशा जगाएको छ,’ आलेको भनाइ छ ।
डोरीको नट् र पौडिन चाहनेका लागि क्यानोनिङ रोमाञ्चकमात्र नभई सुरक्षितसमेत बताउँछन् कार्यक्रम निर्देशक मदन मगर । मगरले यस कार्यक्रमका लागि १० देखि १५ जना क्यानोनिङ गाइड तथा २५ जना स्वयंसेवक खटाइने जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई मनोरञ्जनको पूर्ण प्याकेज उपलब्ध गराइने आयोजकको प्रतिबद्धता छ ।
क्यानोनिङ उत्सवमा सहभागी हुन चाहनेले बोर्डरल्याण्ड इको रिसोर्टको फेसबुक, इन्स्टाग्रामको पेज वा नयाँ बजार र ठमेलस्थित कार्यालयमा नाम दर्ता गराउन सक्नेछन् ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया