नेपालमा पहिलो पटक क्यानोनिङ उत्सव आजदेखि हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुँदैछ ।
सिन्धुपाल्चोकको गातीस्थित बोर्डरल्याण्डमा आजदेखि (फागुन १६) देखि १८ सम्म तीन दिने क्यानोनिङ उत्सव हुँदैछ ।
बोर्डरल्याण्ड इको रिसोर्टले आयोजना गर्न लागेको यो उत्सव विशेषगरी शाहसिक खेलमा रुची राख्ने नेपालीहरूलाई लक्षित गरिएको छ । पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ तथा मह संकलनजस्ता रोमाञ्चक गतिविधिहरु समेटिएको क्यानोनिङ उत्सव साहसिक पर्यटकहरुको आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
नेपालमा क्यानोनिङका लागि विभिन्न स्थानहरु प्रसिद्ध छन् । जसमध्ये काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोकको पुरानो जम्बो, पोखरा र चितवनको जलबिरे प्रमुख हुन् । नेपाल नदी संरक्षण (एनआरसिटी) का अध्यक्ष तथा कर्णाली रिभर वाटरकिपरसमेत रहेका बोर्डरल्याण्ड इको रिसोर्टका सञ्चालक मेघ आले उत्सवका क्रममा सञ्चालन गरिने विभिन्न शाहसिक खेलहरुमा सहभागीहरुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । ‘क्यानोनिङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरुको सुरक्षामा विशेष ध्यान दिएका छौं । वसन्त ऋतुमा नेपालमै पहिलोपटक व्यापक कार्यक्रम सहित क्यानोनिङ उत्सव आयोजना गर्दै छौं,’ उनले भने ।
आलेका अनुसार नेपालमा क्यानोनिङ गर्न मिल्ने ९ वटा झरनाहरु सिन्धुपाल्चोकमा छन् । यी झरनालाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको आलेले को बताए । ‘यस उत्सवमा करिब डेढ सयदेखि २ सयको हाराहारीमा आन्तरिक पर्यटकहरुको सहभागिता रहने अपेक्षा लिएका छौं,’ उनले भने ।
शाहसिक खेल प्रेमीहरुका लागि पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ मात्र नभई क्यानोनिङ पनि आकर्षक गन्तव्य बन्दै गएको उनको अनुभव छ । यसमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । ‘साहसिक खेलप्रति बढ्दो आकर्षणले आगामी दिनमा यस क्षेत्रमा अझै व्यावसायिक हुने आशा जगाएको छ,’ आलेको भनाइ छ ।
डोरीको नट् र पौडिन चाहनेका लागि क्यानोनिङ रोमाञ्चकमात्र नभई सुरक्षितसमेत बताउँछन् कार्यक्रम निर्देशक मदन मगर । मगरले यस कार्यक्रमका लागि १० देखि १५ जना क्यानोनिङ गाइड तथा २५ जना स्वयंसेवक खटाइने जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई मनोरञ्जनको पूर्ण प्याकेज उपलब्ध गराइने आयोजकको प्रतिबद्धता छ ।
क्यानोनिङ उत्सवमा सहभागी हुन चाहनेले बोर्डरल्याण्ड इको रिसोर्टको फेसबुक, इन्स्टाग्रामको पेज वा नयाँ बजार र ठमेलस्थित कार्यालयमा नाम दर्ता गराउन सक्नेछन् ।











सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया