च्याम्पियन्स ट्रफी: अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य
मेरोन्यूज
२०८१ फागुन १६ गते १८:३५

काठमाडौँ । अफगानिस्तानले अस्ट्रेलियालाई २७४ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २७३ रन बनाएको हो ।
अफगानिस्तानका लागि सेडिक्वालाह अटलले सर्बाधिक ८५ रन बनाएका थिए भने अजम्तुल्लाह ओमारजाईले ६७ रनको योगदान दिएका थिए । त्यसैगरी इब्राहिम जद्रानले २२, कप्तान हशमतुल्लाह शाहिदीले २० र राशिद खानले १९ रन बनाएका थिए ।
त्यसैगरी अस्ट्रेलियाका बलर बेनद्वारशुइसले सर्बाधिक ३ विकेट लिए भने स्पेन्सर जोन्सन र एडम जाम्पाले २-२ विकेट लिए । त्यसैगरी नाथन एलिस र ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका थिए ।
सम्बन्धित
















भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया