युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी दिनमा गरिने विकास निर्माणका कार्य युवापुस्ताको मनोविज्ञानमा आधारित हुनुपर्ने बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले आज आयोजना गरेको ग्रेटर घण्टाघर निर्माणसम्बन्धी छलफलमा उनले विकासमा युवापुस्ताको सहभागितासँगै उनीहरूको चाहनाअनुसार विकासमा ध्यान दिनुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने विकास निर्माणको सिको अन्य पालिकाले गर्ने हुँदा यहाँ हुने विकास जनभावनाअनुसार दिगो र वातावरणमैत्री हुनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।
सार्वजनिक जमिन आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर मात्र अगाडि बढाउनुपर्ने बताउँदै मुख्यमन्त्री कँडेलले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउनेतिर स्थानीय तहले ध्यान दिनुपर्ने बताए ।
छलफल वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा र प्रदेशसभा सदस्य जानकी सिंह, निर्वाचित जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता थियो ।
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया