अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सिरहाको औरही नगरपालिका-४ मा आज आयोजित कार्यक्रममा उनले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनताको आर्थिक उन्नतिका लागि पहल लिन सहयोग अपेक्षा गरे ।
लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकासका लागि आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरु गरेपछि योजना अघि बढेको स्मरण गरे ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही-४ इँटाटारमा आज आयोजित कार्यक्रममा माओवादी पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले स्वागत गरे ।










सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
आहा ! आलिताल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया