च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड भिड्दै
मेरोन्यूज
२०८१ फागुन १८ गते ११:२३

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् ।
युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे देखि शुरु हुने छन् ।
भारत र न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगिसकेको भएपनि यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छन् ।
दुवै देशले यस अघिका आफ्ना २-२ खेलमा जित हासिल गरेर समान ४-४ अंकसहित न्यूजील्याण्ड शिर्ष स्थानमा छ भने भारत रनरेटको आधारमा दोस्रो स्थानमा छ ।
भारत र न्यूजील्याण्डबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दै दुवै देश अहिलेसम्म ११८ खेल खेलेका छन् । जसमा भारतले ६० खेलमा जित हासिल गरेको छ भने न्यूजील्याण्डले ५० खेलमा जित हासिल गरेको छ । त्यसैगरी ७ खेलको कुनै नतिजा आएको थिएन भने एक खेल बराबरी भएको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया