धनगढीबाट लिङ्देनको उद्घोष : देशले अब यही परिस्थिति थेग्न सक्दैन

सुदूरपश्चिम । राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले देश अहिले संकटमा परेको बताए । ‘संविधानपछि स्थिर सरकार आउँछ र नेपालको राजनीतिक समस्या समाधान हुन्छ भनिएको थियो,’ उनले भने, ‘यो व्यवस्थाले झन् अस्थिर सरकार दिएको छ । सरकार फेरबदलका विषयमा मात्रै चर्चा हुन्छ । जनताका समस्याबारे छलफल नै हुँदैन । त्यसैले यो व्यवस्था फेर्न आवश्यक छ ।’
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले शासन व्यवस्था धनीका लागि नभई गरिब जनताका लागि परिवर्तन गर्नुपर्ने बताए । ‘दुई चार जनालाई मन्त्री बनाउनका लागि व्यवस्था परिवर्तन गरौँ भनेका होइनौँ,’ उनले भने, ‘नेपाली जनताको अवस्था परिवर्तनका लागि व्यवस्था फेरौँ भनेका हौँ । हामीले त देशलाई बोझ बनेको प्रदेश संरचना पनि खारेज गरौँ भनेका छौँ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिमले आयोजना गरेको विरोधसभामा पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाहीलगायतका नेताहरूले सम्बोधन गरेका थिए । ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ विरोधसभा गरिएको राप्रपा सुदूरपश्चिमका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।










पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
आहा ! आलिताल
दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया