धनगढीबाट लिङ्देनको उद्घोष : देशले अब यही परिस्थिति थेग्न सक्दैन

सुदूरपश्चिम । राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले देश अहिले संकटमा परेको बताए । ‘संविधानपछि स्थिर सरकार आउँछ र नेपालको राजनीतिक समस्या समाधान हुन्छ भनिएको थियो,’ उनले भने, ‘यो व्यवस्थाले झन् अस्थिर सरकार दिएको छ । सरकार फेरबदलका विषयमा मात्रै चर्चा हुन्छ । जनताका समस्याबारे छलफल नै हुँदैन । त्यसैले यो व्यवस्था फेर्न आवश्यक छ ।’
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले शासन व्यवस्था धनीका लागि नभई गरिब जनताका लागि परिवर्तन गर्नुपर्ने बताए । ‘दुई चार जनालाई मन्त्री बनाउनका लागि व्यवस्था परिवर्तन गरौँ भनेका होइनौँ,’ उनले भने, ‘नेपाली जनताको अवस्था परिवर्तनका लागि व्यवस्था फेरौँ भनेका हौँ । हामीले त देशलाई बोझ बनेको प्रदेश संरचना पनि खारेज गरौँ भनेका छौँ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिमले आयोजना गरेको विरोधसभामा पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाहीलगायतका नेताहरूले सम्बोधन गरेका थिए । ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ विरोधसभा गरिएको राप्रपा सुदूरपश्चिमका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया