इटालियन गोलकिपर बुफोनसँग प्रधानमन्त्री ओलीले गरे चियानास्ता
मेरोन्यूज
२०८१ फागुन १९ गते १२:१८

काठमाडौं। इटालियन गोलकिपर जियान लुइगी बुफोनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।
केपी ओली कप फुटबल प्रतियोगितामा सहभागी हुन आइतबार नेपाल आइपुगेका बुफोनले सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा इटाली र नेपालको सम्बन्धका साथै फुटबल खेलबारे विचार विमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
‘नेपाल आउनु भएका जियान लुइगी बुफोनसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो । उहाँको नेपाल बसाइ सुखद् रहोस्,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
राष्ट्रिय युवा संघले आयोजना गरेको केपी ओली कपको आज फाइनल खेल हुँदैछ । बुफोन सोही कार्यक्रममा सहभागी हुनेछन् । फाइनलमा मच्छिन्द्र र नेपाल आर्मीबीच उपाधि भिडन्त हुनेछ ।
सम्बन्धित











सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया