शुक्रबार, फागुन २९, २०८२

हिमालय एयरलाइन्सले चैत्र १८ देखि पोखरा-ल्हासा उडान सुरु गर्दै 

मेरोन्यूज २०८१ फागुन १९ गते २०:४४

काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी चैत्र १८ (मार्च ३१)देखि पोखराबाट उडान सुरु गर्ने भएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले नियमित व्यावसायिक उडान गर्ने भएको हो। एयरलाइन्सले काठमाडौँ-ल्हासा-पोखरा-ल्हासा-काठमाडौँ सातामा एउटा उडान गर्ने बताएको छ।

यो विमानस्थल २०७९ पुसमा सञ्चालनमा आएको हो। अहिलेसम्म नियमित व्यावसायिक उडान हुन सकेको छैन। हिमालयले व्यावसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ। 

नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यावसायिक उडान गर्न लागेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत बताएको छ। 

अहिलेसम्मको योजना अनुसार एयरलाइन्सले चैत्र १८ गते बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं-ल्हासा उडान गर्नेछ। चीनको स्थानीय समयअनुसार १२:०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ। सोही जहाज स्थानीय समयअनुसार १२:४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। 

प्रतिक्रिया