हिमालय एयरलाइन्सले चैत्र १८ देखि पोखरा-ल्हासा उडान सुरु गर्दै

काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी चैत्र १८ (मार्च ३१)देखि पोखराबाट उडान सुरु गर्ने भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले नियमित व्यावसायिक उडान गर्ने भएको हो। एयरलाइन्सले काठमाडौँ-ल्हासा-पोखरा-ल्हासा-काठमाडौँ सातामा एउटा उडान गर्ने बताएको छ।
यो विमानस्थल २०७९ पुसमा सञ्चालनमा आएको हो। अहिलेसम्म नियमित व्यावसायिक उडान हुन सकेको छैन। हिमालयले व्यावसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ।
नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यावसायिक उडान गर्न लागेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत बताएको छ।
अहिलेसम्मको योजना अनुसार एयरलाइन्सले चैत्र १८ गते बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं-ल्हासा उडान गर्नेछ। चीनको स्थानीय समयअनुसार १२:०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ। सोही जहाज स्थानीय समयअनुसार १२:४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया