स्ववियु निर्वाचन: पाल्पाका चार क्याम्पसमा १३ सङ्गठन दर्ता

पाल्पा । आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि पाल्पाका चार क्याम्पसमा १३ वटा सङ्गठन दर्ता भएका छन् ।
आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो ।
सबैभन्दा धेरै मतदाता रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पाँच सङ्गठन र एउटा समूहले दर्ता गरेका छन् । यहाँ नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (क्रान्तिकारी) अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (छैटौं) र विएसी स्वतन्त्र विद्यार्थी समूहले दर्ता गरेको क्याम्पस प्रमुख टङ्कप्रसाद पन्थले जानकारी दिए । यहाँ दुई हजार मतदाता रहेका छन् ।
यहाँको सहिद बहुमुखी क्याम्पस रामपुरमा तीन वटा सङ्घ/सङ्गठन दर्ता भएका छन् । यहाँ करिब सात सय मतदाता रहेका छन् । यसैगरी माण्डव्य बहुमुखी क्याम्पस दकमडामा दुई र उद्वुद्ध कलेज पूर्वखोलामा दुई सङ्गठन दर्ता भएका छन् ।
चुनाव आउन १५ दिन मात्र बाँकी रहँदा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया