स्ववियु निर्वाचन: पाल्पाका चार क्याम्पसमा १३ सङ्गठन दर्ता

पाल्पा । आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि पाल्पाका चार क्याम्पसमा १३ वटा सङ्गठन दर्ता भएका छन् ।
आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो ।
सबैभन्दा धेरै मतदाता रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पाँच सङ्गठन र एउटा समूहले दर्ता गरेका छन् । यहाँ नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (क्रान्तिकारी) अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (छैटौं) र विएसी स्वतन्त्र विद्यार्थी समूहले दर्ता गरेको क्याम्पस प्रमुख टङ्कप्रसाद पन्थले जानकारी दिए । यहाँ दुई हजार मतदाता रहेका छन् ।
यहाँको सहिद बहुमुखी क्याम्पस रामपुरमा तीन वटा सङ्घ/सङ्गठन दर्ता भएका छन् । यहाँ करिब सात सय मतदाता रहेका छन् । यसैगरी माण्डव्य बहुमुखी क्याम्पस दकमडामा दुई र उद्वुद्ध कलेज पूर्वखोलामा दुई सङ्गठन दर्ता भएका छन् ।
चुनाव आउन १५ दिन मात्र बाँकी रहँदा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया