हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ: वनमन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिइने बताएका छन् । बजेट अभावले रोकिएको अभियानलाई निरन्तरता दिई जलवायु परिवर्तन न्यूनीकरणमा जोड दिने उनको भनाइ छ ।
मन्त्री शाही र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज मन्त्रालयमा भएको भेटमा उनले हिमाल सरसफाइको अभियानलाई निरन्तरता दिन आग्रह गर्दै मन्त्रालयका तर्फबाट आवश्यक सहयोगका लागि तयार रहेको बताए ।
हिमाली क्षेत्रमा पर्वतारोहीहरूले छोडेको फोहोर सफाइ गरी वातावरणीय प्रदूषण न्यूनीकरण, हिमालको पवित्रता जोगाउने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सुरु भएको यो अभियानमा बजेटको कमीले समस्या उत्पन्न भएको थियो । मन्त्री शाहीले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
नेपालमा सगरमाथा, ल्होत्से, अन्नपुर्णलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गरी स्वच्छ राख्न सके हिमाल आरोहण गर्ने पर्वतारोहीसमेत बढ्ने मन्त्री शाहीको भनाइ थियो ।
प्रकृति र पर्यावरणको प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रमलाई कार्यन्वयन गर्दै जाँदा बजेट अभावले समस्या उत्पन्न भएको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति सिग्देलले बजेट व्यवस्थापन भए यो अभियानलाई विशेष महत्वका साथ अगाडि बढाउन सेना तयार रहेको बताए ।















रुस–अमेरिका वार्ता ‘फलदायी’
सेयर बजारमा २३ अंककाे वृद्धि
काठमाडाैंकाे तापक्रम २५.४ डिग्री पुग्याे, नेपालगञ्जकाे ३२
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया