श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै

सुनसरी । धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थालेको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहेका उनले श्रमदानका रुपमा काम गरिरहेको बताए ।
सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले धरान उपमहानगरपालिका–४ खैरेनीटारमा श्रमदानबाट निर्माण भइरहेको ढुङ्गे पार्कमा अझ आफ्नो कलालाई निखारी रहेका छन् । उनी भन्छन्, “मैले आफ्नो सीपलाई विकास, समृद्धि र पर्यटनमा उपयोग गर्न पाउँदा खुसी छु ।”
फोहोर मैला र झाडीले ढाकेको ठाउँलाई व्यवस्थित गरेर ढुङ्गामा कलात्मक आकृतिहरु कुँदेर ढुङ्गे पार्क निर्माण भइरहेको छ । स्थानीय कला संस्कृति झल्काई श्रम संस्कृतिको नमूनाको विकास गर्न ढुङ्गे पार्क निर्माण थालिएको ढुङ्गे कला पार्क निर्माण परियोजनाका व्यवस्थापक भैरव आङ्लाले जानकारी दिए । “बनमारा र झाडी देख्दा विरक्त लाग्ने ठाउँ थियो । यो ठाउँलाई आन्तरिक र बाह्य पर्यटकको घुम्ने थलो निर्माण थालिएको हो”, उनले भने ।
धरानका नगर प्रमुख हर्क साम्पाङ राईको नेतृत्वमा श्रमदान गरी निर्माण गरिएका दर्जनौँ पार्क छन् । अझ धरानलाई थप उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ ढुङ्गे पार्क निर्माण थालिएको हो । पार्क निर्माणमा विभिन्न सङ्घसंस्था र दाताहरुको सहयोग छ । पार्कमा हाल खोटाङ, ओखलढुङ्गा, धनकुटा, मोरङ र सुनसरीका आठजना मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् । श्रमदानबाट बनाइएका पार्कले धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन हुने धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष धनबहादुर राईले बताए ।
यस पार्कमा जीवित व्यक्तिका आकृतिहरु कुँदिएका छन् । जुन ऐतिहासिक र सांस्कृतिक रुपमा महत्त्वपुर्ण हुने वडाध्यक्ष राईले बताए । पार्कमा डा सन्दुक रुइत, कुलमान घिसिङ, महावीर पुनलगायत दर्जनौँ व्यक्तिका आकृति, स्थानीय कलासंस्कृति झल्किने आकृति कोरिएका छन् । ढुङगे कला पार्कमा आउने पर्यटकले यो ठाउँलाई देशविदेशमा चिनाउने खैरैनीटारका स्थानीयवासी आनन्द राईले बताए । पार्क निर्माण सम्पन्न नहुँदै ढुङ्गाबाट बनाइएका विभिन्न किसिमका आकृतिहरुले पर्यटकको ध्यान खिच्न सुरु गरिसकेको छ । हाल दैनिक १०० बढी पर्यटकहरु पुग्ने गरेको स्थानीयवासी राईले बताए ।
यस पार्कमा स्वतन्त्र नागरिक समाज (म्याक्स टिम)ले धरान उपमहानगरपालिका–४ को १६ फिट अग्लो ४ नंको स्तम्भ श्रमदानबाट निर्माण गरेका छन् । श्रमदानबाट बन्दै गरेको ढुङ्गे पार्कमा आकर्षण थप्न स्तम्भ निर्माण गरेको स्वतन्त्र नागरिक समाजका मेघबहादुर राईले बताए ।















इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
प्रतिक्रिया