शुक्रबार, फागुन २९, २०८२

लिपमोटरको टी ०३ नेपालमा लन्च, मूल्य २८ लाख ९९ हजार

उर्मिला शर्मा २०८१ फागुन २० गते १४:४०

काठमाडौं । लिपमोटरको नयाँ मोडल टी ०३ नेपाली अटाे बजारमा भित्रिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले मंगलबार एक समारोहकाबिच याे मोडल लन्च गरेको हो ।

लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर क्षेमताको ब्याट्री प्याक छ । यसले फुल चार्जमा ३९५ किलोमिटरसम्म रेन्ज दिने कम्पनिकाे दाबी छ ।

टी०३ मा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

गाडी ३६२० एमएम लम्बाइ, १५७७ एमएम चौडाइ र १६५२ एमएम उचाइमा छ भने यसको ह्विलबेस २४०० एमएम छ।

गाडीको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा छ। गाडीले ४५ किलोवाटको डीसी फास्ट चार्जर समेत सपोर्ट गर्छ।

गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ।

कम्पनिका अनुसार यो मोडल ५ वटा कलरमा उपलब्ध छ । यसमा लक्जरी श्रेणीका सवारीसाधनमा पाइने ८ वटा एयरब्याग छन्।

टी०३ को मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

लिपमोटर टी-०३ मा ‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ दिइएको छ । उक्त भोइस एसिस्टेन्सको सहयोगले फोनकल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्याड्स फ्रीमै कन्ट्रोल गर्न सकिने कम्पनिकाे भनाइ छ ।

सांग्रिला मोटर्सले टी०३ भन्दा पहिले नेपाली बजारमा लिपमोटर सी१० भित्र्याइसकेको छ । सांग्रिला २०१७ देखि प्यूजोको र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ ।

प्रतिक्रिया