सेयर बजार ३० अंकले घट्यो, सबै सूचक राताम्मे

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३० अंकले घटेको छ । बजार ३०.३६ अंकले घट्दा समग्र बजार मापक २,८४६.३० विन्दुमा कायम भएको हो ।
आज ४१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १९८ कम्पनीको सेयरमूल्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्ला दुई दिन १४ अर्बको हाराहारी पुगेको कारोबार रकम मंगलबार १२ अर्बको हाराहारीमा झरेको छ ।
यसदिन १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटकमा खरिदबिक्री भयो ।
गार्डियन माइक्रो फाइनान्सको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर १३८२ रुपैयाँ कायम भएको छ ।
आत्मनिर्भर लघुवित्त, युनिभर्सल पावर, बरुण हाइड्रो, शिवश्री हाइड्रोलगायत कम्पनी धेरै कमाउनेको शीर्ष स्थानमा रहे ।
सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । १० प्रतिशतले मूल्य घट्दा १,२३३ रुपैयाँ कायम भएको छ । सिर्जशील लघुवित्त, नेपाल रिपब्लिक मिडिया, समाज लघुवित्त, अभियान लघुवित्त उच्च गुमाउने शीर्ष कम्पनीमा परे ।
३० अंक गिरावट देखिएको बजारमा समूहगतका सम्पूर्ण सूचक राताम्मे देखिए । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको सेयरमूल्य घटेको छ । यो समूह २.२१ प्रतिशतले घट्यो । यस्तै, फाइनान्स समूह २.१० प्रतिशतले घटेको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया