सेयर बजार ३० अंकले घट्यो, सबै सूचक राताम्मे

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३० अंकले घटेको छ । बजार ३०.३६ अंकले घट्दा समग्र बजार मापक २,८४६.३० विन्दुमा कायम भएको हो ।
आज ४१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १९८ कम्पनीको सेयरमूल्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्ला दुई दिन १४ अर्बको हाराहारी पुगेको कारोबार रकम मंगलबार १२ अर्बको हाराहारीमा झरेको छ ।
यसदिन १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटकमा खरिदबिक्री भयो ।
गार्डियन माइक्रो फाइनान्सको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर १३८२ रुपैयाँ कायम भएको छ ।
आत्मनिर्भर लघुवित्त, युनिभर्सल पावर, बरुण हाइड्रो, शिवश्री हाइड्रोलगायत कम्पनी धेरै कमाउनेको शीर्ष स्थानमा रहे ।
सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । १० प्रतिशतले मूल्य घट्दा १,२३३ रुपैयाँ कायम भएको छ । सिर्जशील लघुवित्त, नेपाल रिपब्लिक मिडिया, समाज लघुवित्त, अभियान लघुवित्त उच्च गुमाउने शीर्ष कम्पनीमा परे ।
३० अंक गिरावट देखिएको बजारमा समूहगतका सम्पूर्ण सूचक राताम्मे देखिए । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको सेयरमूल्य घटेको छ । यो समूह २.२१ प्रतिशतले घट्यो । यस्तै, फाइनान्स समूह २.१० प्रतिशतले घटेको छ ।









चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
नवलपरासीमा बस दुर्घटना हुँदा २० जना घाइते
प्रतिक्रिया