धमिनी खोलामा पुल निर्माणले स्थानीयलाई राहत

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित धमिनी खोलामा पुल (कजवे) निर्माण हुँदा वडा नं १ र ३ का स्थानीयलाई आवतजात गर्ने निकै सहज भएको छ । नगरपालिकाले श्रम–प्रधान सार्वजनिक निर्माण कार्य विकास कार्यक्रमको सहयोगमा कजवे पुल निर्माण गरेसँगै अब स्थानीयवासीले सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन् ।
कजवे निर्माणमा रू १५ लाख खर्च भएको वडा नं ३ का वडाध्यक्ष धनप्रसाद लामाले जानकारी दिए । उनका अनुसार करिब २० दिनमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको यस पुलको निर्माण कार्यमा स्थानीयले श्रमदान गरेका थिए । लामो समयपछि खोलामा पुल निर्माण हुँदा प्रत्यक्षरूपमा गोलामुक्सारवासीलाई लाभ पुगेको छ ।
गोलबजारबाट उत्तरतर्फ करिब पाँचसय मिटरको दूरीमा रहेको धमिनी खोलामा पुल बनेसँगै स्थानीयको बजारसँगको दूरी छोटिएको छ । “वर्षौंदेखिको समस्या समाधान भएको छ । वर्षाको समयमा पनि अब सुरक्षित र सहज यात्रा गर्नसक्ने भयौँ”, स्थानीय पर्वत लामाले खुसी व्यक्त गर्दै भने, “पुल बनेसँगै बजारसँगको दूरी पनि छोटिएको छ । पहिले सामान ढुवानी गर्न धेरै समस्या थियो । अब पुल बनेपछि बजारसम्म सजिलै पुग्न सकिने छ ।”
वर्षाको समयमा खोला बाढी आउँदा गाउँमै थुनिनुपर्ने, जोखिमपूर्ण यात्रा गर्नुपर्ने, साइकल तथा मोटरसाइकल दुर्घटनामा पर्नेजस्ता समस्याबाट मुक्ति मिलेको अर्का स्थानीय नरबहादुर आलेले बताए । उनका अनुसार वडा नं १ र ३ का करिब एकसय २० स्थानीय घरपरिवारलाई खोला पार गरेर एक गाउँबाट अर्को गाउँ जान राहत पुगेको छ ।
विगतमा पुलको अभावले आकस्मिक स्वास्थ्य सेवा समेत प्रभावित हुने गरेको भन्दै नगरप्रमुख श्यामकुमार श्रेष्ठले धमिनी खोलामा पुल बनेसँगै गर्भवती महिला, बिरामी तथा वृद्धवृद्धालाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गरे । उनले पुल निर्माणले स्थानीयको दैनिक जीवन मात्र नभई आर्थिक, सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा समेत सुधार ल्याउने विश्वास व्यक्त गरे ।
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया