शनिबार, फागुन २, २०८२

सत्ता पक्षसँग संसदमा भिड्ने मुडमा विपक्षी दल, प्रचण्डले छाडे पार्टीको अभियान

मेरोन्यूज २०८१ फागुन २१ गते १३:२४

काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि विपक्षी सात दलको बैठक सिंहदरबारमा जारी छ । प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सरकारले प्रतिनिधिसभामा पेस गर्ने पाँचवटा अध्यादेशको विषयमा कसरी घि बढ्ने भन्ने छलफल जारी छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा माओवादीसहित, एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु छन् । आजको प्रतिनिधिसभा बैठकमा पाँचवटा अध्यादेश निर्णयार्थ पेस गरिने कार्यसूची छ । संसद्अघि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर अध्यादेशबारे निर्णय गर्न खोजेका छन् ।

विपक्षी दलहरूले प्रतिनिधिसभामा अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने भएका छन् । त्यसका लागि विपक्षी दलका सांसदहरूले सूचना दर्ता गरिसकेका छन् ।
 बुधबारको बैठकमा भानुभक्त जोशी, स्वर्णिम वाग्ले, माधव सापकोटा, रणेन्द्र बराली र चन्दा कार्कीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘यसअघि विपक्षी सात दलको संयुक्त बैठकले अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१,  आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ पेस हुने भएको छ । तर सरकारले भूमिसम्बन्धी अध्यादेश भने अघि नबढाउने भएको छ ।

प्रतिक्रिया