प्रदर्शनको दोस्रो हप्तामा फिल्म ‘लाज शरणम्’

काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो ।
उच्च शो सहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
“हाम्रो चलचित्र सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीनले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् दोस्रो हप्तामा प्रवेश गरेको हो ।”
‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । त्यसयताको कलेक्सन भनेको निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
चलचित्रमा महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया