ट्रम्पको चेतवानीप्रति हमासको जवाफ: युद्धविरामलाई दोस्रो चरणमा लैजानुनै सहि विकल्प हो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि हमासले प्रतिक्रिया जनाएको छ । हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट प्यालेस्टिनीहरूविरुद्ध बारम्बार धम्की दिइँदै आएको बताएको छ । यो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा युद्धविराम सम्झौताबाट फिर्ता हुने निर्णयलाई समर्थन गर्न र गाजाका जनताको घेराबन्दी र भोकमरी बढाउनको लागि भएको हमासले बताएको छ ।
हमासका प्रवक्ता अब्देल-लतिफ अल-कानौआले भनेका छन्- बाँकी इजरायली कैदीहरूलाई रिहा गर्ने उत्तम तरिका भनेको युद्धविरामलाई दोस्रो चरणमा लैजानु हो । इजरायललाई मध्यस्थकर्ताहरू मार्फत हस्ताक्षर गरिएका सम्झौताहरू पालना गर्न बाध्य पारिनुपर्छ ।
बिहीबार, राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई अन्तिम चेतावनी दिएका थिए । उनले गाजामा बन्धक बनाइएका सबैलाई रिहा गरिनुपर्ने बताउदै अन्यथा गाजाबाट हमासको अन्त्य हुने चेतावनी दिएका थिए । ट्रम्पले भनेका थिए- ‘सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर, पछि होइन, तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर । यदि तुरुन्त सबैलाई रिहा नगरेमा हमास समाप्त हुनेछ ।’
ट्रम्पले अमेरिकाले काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा इजरायललाई पठाइरहेको समेत उल्लेख गरेका थिए ।
इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्च १ मा समाप्त भएको थियो । दोस्रो चरणको लागि दुई पक्षबीच कुनै सहमति भएन । इजरायलले गाजामा युद्धविरामको पहिलो चरण रमजानसम्म लम्ब्याउन चाहन्छ । यद्यपि, हमासले वार्तामा जोड दिपनि युद्धविरामको समयसीमा बढाउने प्रस्तावलाई अस्वीकार गरेको थियो । कार्यान्वयन हुने सम्झौताको दोस्रो चरणमा गाजामा रहेका सबै जीवित बन्धकहरूको फिर्ता र क्षेत्रबाट सबै इजरायली सेनाको फिर्ता समावेश छ ।
यसैबीच हमासका प्रतिनिधि र अमेरिकाबीच पनि वार्ता भइरहेको रिपोर्ट बाहिर आएको छ ।
इजरायलले अहिले पनि हमाससँग ५९ जना बन्धक रहेको र यी मध्ये २४ जना जीवित हुने अपेक्षा गरिएको छ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया