मापदण्डविपरीत सञ्चालित ३ खानी क्रसर उद्योग बन्द
मेरोन्यूज
२०८१ फागुन २३ गते १२:१०

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित ३ वटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ ।
नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका ३ खानी तथा क्रसर उद्योग बन्द गरिएको हो ।
वडा नं. २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं. १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ ।
नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग गराइएको हो । नगरले बिहीबार बिहान ती उद्योग अनुगमन गरी बन्द गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित










समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रास्वपा सभापति रवि लामिछाने रिहा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया