आयोडिनको मात्रा तत्काल नियन्त्रण गरियोस् : सांसद डाँगी

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छिन्।
बैठकको शून्य समयमा उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी नियन्त्रण गर्न माग गरिन् ।
सांसद नैनकला थापाले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सबै महिलालाई शुभकामना व्यक्त गर्दै दक्षिण एसियामा महिला आन्दोलनका कारण धेरै अधिकार पाएको स्मरण गर्दै अझै महिलाका अधिकार कार्यान्वयनमा बढी ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सांसद प्रतिमा गौतमले ‘हेनोफोलिया’ एक प्रकारको आनुवांशिक रोग भएको र यो रोग लागेपछि शरीरबाट रगत नरोकिएर गम्भीर समस्या भइरहेको भन्दै त्यससम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा ध्यान दिन आग्रह गरिन् ।
सांसद प्रतिक्षा तिवारीले समान कामको समान ज्याला माग गरेर महिला आन्दोलित भएको आज एक सय १५ वर्ष पुगिसक्दा पनि महिलाले समान ज्याला पाउन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले गृहश्रमिक महिलालाई मूलधारमा ल्याउन र आर्थिक रूपमा सबल बनाउन लाग्नुपर्ने बताइन् ।
सांसद प्रभु हजाराले ठूला, सम्झौता र साना उद्योगहरू उधारो कारोबारले पीडित भएका र कतिपय उद्योग बन्द भएकाले उच्चस्तरीय आयोगले कानुन बनाउन दिएको सुझावलाई कार्यान्वयनको माग गरे । सांसद प्रेमबहादुर मर्हजनले ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कुपण्डोलमा डम्बरबहादुर खड्काको घरमा आगलागीबाट ८० लाख क्षति भएको र आगलागी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
सांसद विमला सुवेदीले अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै संसद्को नियमावलीको २५७ ले व्यवस्था गरेको महिला समितिको गठन गर्न माग गरिन् ।
सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा गत वर्षको बाढीले क्षतिग्रस्त भएको संरचना हालसम्म पुनःनिर्माण हुन नसकेकाकाले तत्काल पुनःनिर्माण गरी गाउँलाई सुरक्षित बनाउन माग गरे ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया