समयमा पानी नपर्दा केरा उत्पादनमा ढिलाइ

चितवन । समयमा पानी नपरेपछि केरा उत्पादनमा ढिलाइ हुने देखिएको छ । राम्रो सिँचाइको व्यवस्था भएको ठाउँको उत्पादन हुने तयारी छभने आकासे सिँचाइको बढी भर पर्नुपर्ने ठाउँमा उत्पादन केही ढिलाइ हुने देखिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार चैत महिना लागेसँगै उत्पादन हुने केरा यस वर्ष केही दिन ढिलो हुने देखिएको छ । करिब १५ देखि २० दिनपछि केरा बजारमा बिक्री गर्न तयार हुने देखिएको उनको भनाइ छ ।
ढुङ्गानाले भने, “आफ्नै राम्रो सिँचाइ भएको ठाउँको केरा बजारमा बिक्री गर्न मिल्ने अवस्थामा पुगेको छ, सिँचाइ नभएको ठाउँको केही दिन लाग्ने देखिएको छ ।” किसानले बिरुवा छोड्न केही ढिलाइ गर्दा पनि उत्पादन लिन ढिलो हुने अवस्था आएको उनको भनाइ छ ।
जिल्लामा चैत १५ देखि कात्तिक मसान्तसम्म केरा राम्रो उत्पादन हुने गर्दछ । मालभोग, चिनी चम्पा र जी–९ जातका केरा व्यावसायिक रूपमा खेती गरिँदै आइएको छ । जी–९ वर्षभर नै उत्पादन हुने गर्दछ भने अन्य जातको चैतदेखि उत्पादन लिन सुरु गरिन्छ । जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकाका पूरै भाग केराका सुपरजोन हुन् भने भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकाका
जिल्लामा हाल दुई हजार २०५ हेक्टर क्षेत्रफलमा केरा लगाइएको छ । यहाँ ७०० किसानले केराखेती गर्दै आएका छन् । त्यसमध्ये व्यावसायिक किसान ३५० रहेको कार्यालयले जनाएको छ । अहिले जिल्लामा प्रतिहेक्टर ३७ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको केरा राजधानी काठमाडौँसहित छिमेकी जिल्लाका मुख्य सहरमा पुग्ने गर्दछ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया