राज्यव्यवस्था समितिका सभापति र सदस्यद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समिति सदस्यहरूले आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् । उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले स्वागत गरे ।
भ्रमणका क्रममा सभापति खतिवडा नेतृत्वको टोलीले नेपाल कार्यालयस्थित सङ्ग्रहालय र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै सोसम्बन्धी गतिविधिबारे जानकारीसमेत लिएको थियो । त्यस अवसरमा आयोजित कार्यक्रममा सभापति खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिका सराहनीय रहेको बताए । उनले आगामी दिनमा पनि प्रहरीको सेवा प्रवाहको स्तरलाई गुणस्तरीय बनाउँदै लैजान समितिले गर्नुपर्ने सहयोगको लागि सदैव तयार रहेको बताए ।
सभापति खतिवडाले प्रहरी विधेयक संशोधनका लागि सबै सरोकार भएका पक्षसँग समन्वय गरी यसलाई अझ जनतामैत्री एवं प्रहरीमैत्री बनाउन बृहत् छलफल गरेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनका लागि समितिबाट सदैव सकारात्मक सहयोग र समन्वय हुने उनको प्रतिबद्धता थियो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तरराष्ट्रिय मापदण्डले समेत निर्दिष्ट गरेको आफ्नो काम कारबाही र उत्तरदायित्वप्रति निष्ठावान् रही सङ्गठनले कार्यसम्पादन गर्दै आएको बताए ।
आगामी दिनमा उत्पन्न हुनसक्ने चुनौतीहरूको सामना गर्न र नागरिकलाई शान्तिसुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले नेपाल प्रहरीको परिचय, सङ्गठनको संरचना, मानवस्रोत तथा स्रोतसाधन व्यवस्थापन, अपराध अनुसन्धानबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, राज्यव्यवस्था तथा सुशासन समितिका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया