पोखरामा नारी दिवस मनाइयो

लेखनाथ । नारी दिवसका अवसरमा अन्तरराष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा आज पोखरामा प्रभातफेरी गरिएको छ ।पोखराको जिरो किलोमिटरबाट सुरु भएको प्रभातफेरी पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपालमा लामो राजनीतिक आन्दोलनको परिणामस्वरूप महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले संविधानमार्फत महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका कानुनी व्यवस्थाकै कारण तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको बताए ।
महिला अधिकार सुनिश्चित गर्न, प्रभावकारी कानुनी सुधार र नीति लागू गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मन्त्री थापाको भनाइ छ । राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नितु गड्तौला, गैरसरकारी संस्था महासङ्घ प्रदेशका उपाध्यक्ष पदम पहारीलगायतले समानता र महिला अधिकार प्रत्याभूत गराउनका लागि उपलब्ध कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको थियो ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया