चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पुर्याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
समाजसेवामा समर्पित भई अतुलनीय योगदान पुर्याएबापत स्थानीय शारदा खतिवडा, रुकुमिणी गिरी र यमुनादेवी श्रेष्ठ, महिला अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शान्ति महर्जन र दुर्गा तिमिल्सिना तथा नगर क्षेत्रबाट हालै विद्यावारिधि हासिल गरेका डा.मिनु सिग्देल लोहनी र डा.सुनिता थापालाई सम्मान गरिएको हो ।
यसैगरी महासेनानी अञ्जु कार्की रायमाझी, उद्यमी कृष्णप्रभा जोशी, मीना गोपाली, पार्वती कार्की, इन्द्रमाया महर्जन, रञ्जिता न्यौपाने र दीना श्रेष्ठलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, निमित्तप्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेलले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र एवं दोसल्ला ओढाएर सम्मान गरे ।
त्यस अवसरमा नगरप्रमुख गिरीले महिलाहरूको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै उनीहरूको सशक्तीकरण, नेतृत्व विकास र उद्यमशीलतामा काम गरिरहेको बताए । उनले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न पालिका सचेत रहेको बताए ।
उपप्रमुख श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त सहकार्य र समन्वयमा नगर क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका कार्यक्रम सञ्चालन भइराखेको बताए । नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका प्रमुख महिला विकास अधिकृत रश्मी श्रेष्ठ र महिला विकास अधिकृत अनिता पौडेलले समावेशी योजना तयार गर्न सहयोग पुग्ने अपेक्षासहित नगर क्षेत्रमा बसोबास गरिरहेका लब्धप्रतिष्ठित महिलाहरूको विवरण तयार गरिने बताए ।
सम्मानित हुनेतर्फ बागमती प्रदेशसभा सदस्यसमेत रहेकी यमुनादेवी श्रेष्ठ, समाजसेवीद्वय खतिवडा र गिरीले नगरपालिकाले महिलालाई सम्मान गर्ने कार्यक्रम राम्रो रहेको चर्चा गर्दै यसले समावेशी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।














सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ
Ghedung delegates call on PM Karki
HoR Election: Chief Election Officer Offices to be established today
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया