रुकुम पूर्वको सिस्नेमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न अझै घोडा–खच्चडकै भर

रुकुम । वडामा सडक सम्पर्क स्थापित नहुँदा ढुवानीका लागि परम्परागत साधनमै भर पर्नुपरेको छ।
पुथाउत्तरगंगा गाउँपालिका–१२ देउखोलासम्म मात्रै सवारीसाधन सञ्चालन हुने गरेका छन्। देउखोलाभन्दा माथिको भू–भागमा भने घोडा र खच्चडले सामान ओसार पसार गर्ने गरेको सिस्ने–२ का टेकबहादुर खड्काले बताए।
“देउखोलासम्म सडक खुलेको लामो समय भइसक्यो। १० किलोमिटर सडक कालेपत्र भइसकेको छ तर देउखोलाभन्दा माथि कडा चट्टानका कारण सडक विस्तार भएको छैन, जसले गर्दा अझै पनि दैनिक उपभोग्य वस्तुको ढुवानीमा खच्चड र घोडाकै भर पर्ने अवस्था छ”, उनले भने।
नायगाडमा सानीभेरी नदीबाट डोजर तारेर सडक निर्माण भने भएको छ। देउखोलादेखि नायगाडसम्म जोड्ने सडक नबन्दा दुई वडा सडक सञ्जालमा जोडिन नसकेका हुन्। यातायातका साधन नपुगेका कारण यी वडाको विकास पनि प्रभावित भइरहेको छ।
“सिमेन्ट, बालुवा ढुवानी गर्दा पनि घोडा खच्चडबाटै गर्नुपर्छ, लागत महँगो छ। जिल्लाको दररेट फरक छ, जसले विकासमा समस्या छ,” तिलकराज रसाइलीले भने।
एकातिर यी वडामा सडक बनेको छैन, अर्कोतिर भएका पुराना गोरेटो बाटो पनि व्यवस्थित छैनन्। गत बर्खामा पहिराले बालुकाप्चे भिरको बाटो बगाएपछि झनै समस्या भएको छ। हाललाई देउखोलाबाट सानीभेरी नदीमा बाटो झारेर बगर हुँदै आवतजावत भए पनि बर्खामा भने त्यो बन्द हुनेछ।
सिस्ने–२ का वडा अध्यक्ष कृष्ण खड्काले अर्को भालुकाप्चे भिरमा पनि बाटो बनाउन सकिने अवस्था नरहेको बताए। बर्खामा दुवै ठाउँको बाटो बन्द हुँदा घोडा खच्चडबाट ढुवानी हुने सामान पनि ठप्प हुने उहाँको भनाइ छ । यी वडा सडक सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्ने वडा अध्यक्ष खड्काले बताए।
भालुकाप्चे भिरमा गत बर्खामा पहिरो गएको थियो। सिस्ने–१ र २ का नागरिकले बर्खामा यहाँबाट जिल्ला सदरमुकाम डोरीको सहारामा आवतजावत गर्नुपर्ने बाध्यता छ।
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया