पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात

काठमाडौँ । आजदेखि शुरु भएको पीएम कपमा लुम्बिनी प्रदेश, एपीएफ र कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ ।
सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गरको हो । लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछाएको कोशीले ४२.४ ओभरमा अल आउट हुदै १८२ रन बनाएको थियो ।
कोशीका लागि सुजन थपलियाले सर्बाधिक ३५ रन बनाएका थिए भने लुम्बिनीका बलर अजय चौहानले सर्बाधिक ५ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले आकाश त्रिपाठीको ६६ रनको सहयोगमा ४८ ओभरमा अल आउट हुदै २०८ रन बनाएको थियो ।
त्यसैगरी आजै एक्स्ट्राटेक ओभल मैदान तिल्लोत्तमामा सम्पन्न अर्को खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई १०० रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
त्यसैगरी दाङको लमहीमा सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
अब पीएम कपमा भोलि लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छन् ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया