कांग्रेसले थाल्यो ‘मिसन’ रोजगारी अभियान

काठमाडौं । नेपाली कांग्रेसले ‘मिसन’ रोजगारी अभियान सुरु गरेको छ । आइतबार (फागुन २५) पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका हुन् ।
‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार : सरकारको प्राथमिकतामा रोजगार’ भन्ने नाराका साथ मिसन रोजगारी अभियान थालिएको महामन्त्री थापाले जानकारी दिए ।
यसक्रममा विषयगत र क्षेत्रगत रूपमा गोलमेच छलफल गरिने उनले बताए । पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा संवाद र अध्ययनका निम्ति निचोड निकालिने उनले जानकारी दिए ।
अर्का महामन्त्री शर्माले कांग्रेसले लिएको नीतिका कारण थोरै भए पनि देशमा रोजगारीको सिर्जना भएको जिकिर गरे ।
देशमा बनेको रोजगारीको जगलाई थप बलियो बनाउने र जनतामा देखिएको असन्तुष्टिलाई समाधान गर्ने प्रयासस्वरूप यो अभियान सुरु गरिएको उनले बताए ।
रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायत विषयमा वर्षभरि नै छलफल, बहस गरिनेछ । यसबाट सरकारको प्राथमिकतामा रोजगारीलाई राख्ने अवस्था सिर्जना गरिने कांग्रेसले जनाएको छ ।










चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया