पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गयो : उपाध्यक्ष शाक्य

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गएको बताएकी छन् ।
अखिल नेपाल महिला सङ्घले ११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजित ‘जलवायु परिवर्तन र महिलाः अवसर र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले महिला आन्दोलन कमजोर बनेकाले राजनीतिक दलका महिला सङ्गठनले साझा ‘एजेन्डा’ बनाएर अगाडि बढ्नुपर्ने बताइन् ।
उपाध्यक्ष शाक्यले उत्पादनशील काम नहुँदा युवा विदेश पलायन भएको धारणा राख्दै युवाको विदेश पलायन र तीव्र बसाइँसराइ हुनुमा राजनीतिक दलका घोषणापत्र पनि जिम्मेवार रहेका जिकिरगरिन् । युवा विदेश पलायन हुँदा गाउँ शून्य भएका र त्यसको प्रत्यक्ष असर महिलालाई परेको उनको भनाइ थियो ।
उपाध्यक्ष शाक्यले मुलुक गणतन्त्रको दिशामा धेरै अघि बढिसकेकाले लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक दललाई निस्तेज पार्ने र निरङ्कुशता फर्किने कुरा सम्भव नभएको बताइन् ।
एमालेका सचिव पद्मा अर्यालले महिला आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिइन् । उनले सबैको प्रयासले मात्र महिला आन्दोलनलाई अगाडि बढाउन सकिने धारणा राखे ।
अनेमसङ्घका अध्यक्ष टुकाभद्र हमालले महिला आन्दोलनलाई कमजोर पार्ने कोसिस भइरहेकाले सबै राजनीतिक दलका महिला सङ्गठन सचेत हुनुपर्ने बताइन् । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रियः नीतिगत पैरवीका सवाल र सम्भावना विषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै, अनेमसङ्घका उपाध्यक्ष डा विमला राई पौडेलले जलवायु परिवर्तन र महिलाः प्रभाव, अवसर र जनप्रतिनिधि, महिला सङ्गठनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेकि थिइन् ।
अनेमसङ्घका प्रचार उपप्रमुख सिर्जना आचार्यले जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न स्थानीय तहबाट हुनसक्ने पहलका विषयमा सुझाव दिइएको बताइन्।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
प्रतिक्रिया